इन्दिराले मितिनीलाई छमछमी नचाइन् (हेर्नुहोस् भिडियो)

काठमाडौं | गायिका इन्दिरा भट्टराईको ‘नाचौँ मितिनी’ बोलको गीत सार्वजनिक भएको छ।

तीजको रौनक सुरु हुन डेढ महिना बाँकी रहँदा गायिका भट्टराईको गीत र म्यूजिक भिडियो सार्वजनिक भएको हो।
गीतमा वरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ।

‘नाचौँ मितिनी’ गीतको म्युजिक भिडियो निर्देशन कलाकार सम्झना बुढाथोकीले गर्नुभएको छ। कोरियोग्राफी भागिरथा गाहाको रहेको म्युजिक भिडियोमा कलाकारहरु सम्झना बुढाथोकी, नितु कोइराला, सदिक्षा रावत, आरोही भट्टराईलगायतले अभिनय गरेका छन्।

सुदीप सागरको संगीत संयोजन तथा राजु केसीको छाँयाङ्कन रहेको भिडियोको सम्पादन बिष्णु शर्माले गरेका छन्। प्रस्तुति इन्दिरा म्यूजिक एन्ड इन्टरटेनमेन्टको रहेका छ।

भिडियोको लिंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?