लिटिल एशिया प्यासिफिक प्रिन्सेसको उपाधी कृष्टिनालाई

appharu
0
Shares

काठमाडौं । सिंगापुरमा भएको लिटिल एशिया प्यासिफिक प्रिन्सेस २०१९ को उपाधि नेपालकी कृष्टिना खड्काले जित्नु भएको छ ।

३९ देशका करिब २ सय प्रतिस्पर्धिलाई पछि पार्दै ११ वर्षकी खड्काले उपाधि कब्जा गर्नुभएको हो । प्रतियोगितामा प्रत्येक नेपालबाट खड्कासंगै यान्सु श्रेष्ठ, सुखी प्रधान, स्टेला शाह र मिनाल केसीले भाग लिएका थिए ।

यी पाँचै जना नेपाली प्रतिनिधिहरु ‘इन्टरनेसनल किड्स अफ इयर’ का लागि नेपालको आधिकारिक संस्था इभेन्ट बेटर ग्यालेक्सीको संयोजन र व्यवस्थापनमा सिंगापुर गएका थिए ।

एशिया प्यासिफिक ब्युटी, फेसन एण्ड फ्रेन्डशीप फेस्टिभल नाममा पाँच दिनसम्म सञ्चालन भएको कार्यक्रममा विभिन्न विधामा पुरस्कार वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?