काठमाडौंमा सडक दुर्घटनामा परि एकको मृत्यु, एक जना घाइते

काठमाडौं । काठमाडौंको केशर महल चोकमा रोकिराखेको टिप्परमा स्कुटर ठोक्किँदा स्कुटर एक जनाको छ भने अर्का एकजना घाइते भएका छन् ।

शुक्रबार राति केशर महल चोकमा रोकिराखेको ना ३ ख ७५६१ नम्बरको टिप्परमा बा ९२ प ६५ ६५ नम्बरको स्कुटर ठोक्किँदा घाइते भएका स्कुटर चालक काठमाडौं बुढानीलकण्ठका ३५ वर्षीय सञ्जय ठकुरीको उपचारको क्रममा शनिबार बिहान नेसनल अस्पताल कलंकीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते ठकुरीलाई ट्रमा सेन्टरबाट नेसनल अस्पतालमा लगिएको हो । यस्तै स्कुटर पछाडि बसेका कलंकीका विशाल लुइँटेलको अहिले ट्रमा सेन्टरमै उपचार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?