लोक स्टारले पायो टप २५, को–को परे ? हेर्नुहोस् पूरा विवरण

appharu
0
Shares

काठमाण्डौं । ५० लाख नगद पुरस्कार राशीको आईएमई नेपाल लोक स्टारले टप २५ प्रतियोगी छनौट गरेको छ ।

मेघा अडिसनबाट टप २० प्रतियोगी छनौट गर्ने भनिएपनि लोक स्टारले जजहरुको निर्णय अनुसार टप २५ छनौट गरेको हो । गोल्डेन स्टार पाउन सफल ३ प्रतियोगी पहिले नै टप २० मा प्रबेश गरिसकेका छन् । शुक्रबार भएको मेघा अडिसनमा १०९ जनाबाट १७ प्रतियोगी छनौट गर्नुपर्ने जजहरुले २२ जना छनौट गरेर टप २५ बनाएका हुन ।

गोल्डेन स्टार पाउँदै टप २० मा पर्न सफल
१. पविन्द्र सुनार, बाजुरा
२. शनि बिश्वकर्मा, रोल्पा
३. रामकुमार नेपाली, रामेछाप
मेघा अडिसनबाट टप २५ मा पर्न सफल २२ प्रतियोगी
१. रविराज शाह,
२. शुष्मा कुमारी झा,
३. शुशिल आचार्य,
४. चेतन गोतामे,
५. रेशम निर्दाेष,
६. मोहन केसी,
७. रेस दुतराज,
८. दया सुबेदी,
९. विसाखा शाही,
१०. राजन मगर,
११. रविन परियार,
१२. प्रभुराज पाण्डे,
१३. विनोद दनुवार,
१४. खगेन्द्र बि.क.,
१५. दिपिका मगर
१६. मुना अर्याल,
१७. जितेश थापा,
१८. अर्जुन मिश्र,
१९. राजु गुरुङ,
२०. भिम नेपाली,
२१. दिपेन्द्र राई,
२२. बिवश लिम्बु
साइलेन्स अडिसन, ओपन अडिसन, प्रि–अडिसन, जर्ज अडिसन हुँदै ‘नेपाल लोक स्टार’ले मेगा अडिनिको यात्रा पूरा गरिसकेको छ । अब अर्को हप्ता प्रशारण हुने नवौं श्रृंखालाबाट पाँच जना बाहिरिएर २० जना बाँकी रहने आयोजक चहाना मिडियाले जनाएको छ ।

उत्कृष्ट २० मा पुगेपछि ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकमा निर्णयको अधिकार रहनेछ । ८० प्रतिशतमा ४० प्रतिशत मोबाइल एसएमएस र बाँकी ४० प्रतिशत अनलाइन भोटिङबाट निर्णय लिइने छ । ग्रान्ड फिनालेसम्म निर्णायकको फम्र्याट यही रहनेछ । उत्कृष्ठ पाँच ग्रान्ड फिनालेमा पुग्नेछन् ।

नेपाल लोक स्टारको निर्णायकमा जयनन्द लामा, सुनिता दुलाल, रामजी खाँड र बिबि अनुरागी छन् । लोक स्टारको दोस्रो हुनेले २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतिस्पर्धामा तेस्रो हुनेलाई १० लाख नगदको व्यबस्था गरिएको आयोजक चाहना मिडियाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?