मौसम पूर्वानुमान: यी ठाउँमा ठूलो वर्षा हुने, यस्तो छ आगामी ३ दिनको मौसम

काठमाडौं । केही दिनदेखि रोकिएको पानी पर्ने क्रम अब फेरि बिस्तारै बढ्ने मौसमविद्ले बताएका छन् ।

मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै रहेको तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले आजभन्दा भोलि र भोलिभन्दा पर्सि पानी पर्ने क्रम बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन न्यून चापिय रेखा नेपालको दक्षिणतिर अवस्थित भएतापनि बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण केहि स्थानहरुमा वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

श्रावण ४ गते (शनिबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ ।

राती: देशभर सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। । देशको थोरै स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ ।

श्रावण ५ गते (आइतवार)

दिउँसो: देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको पुर्वी र मध्य क्षेत्रका थोरै स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ ।

राती: देशभर सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। । देशको पुर्वी र मध्य क्षेत्रका थोरै स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ ।

श्रावण ६ गते (सोमबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ ।

राती: देशभर सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। । देशको थोरै स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशका थोरै स्थानहरुमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ जसका कारणले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने र पहाड तथा चुरे वाट बहने खोलाहरुमा जल सहत बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?