लोकसेवाको प्रश्नपत्र च्यात्ने चार जना पक्राउ

काठमाडौं । लोकसेवा आयोगको परीक्षामा अवरोध पुर्‍याएको भन्दै खोटाङमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राऊ पर्नेहरुमा आदिवासी जनजाति महासंघका खोटाङ जिल्ला सचिव रविन खम्बु, सहचिव एलबीमगर, दलित विकास मञ्चका मिलन चाहार र सविना अछामीलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय तहका कर्मचारीका लागि लोकसेवा आयोगले लिइरहेको बेला परीक्षास्थलमा प्रवेश गरेर आदिवासी जनजाति कार्यकर्ताले शनिबार खोटाङमा प्रश्नपत्र च्यातेका थिए। प्रश्नपत्र च्यात्ने
४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर परीक्षा सुचारू गरेको हो ।

लोकसेवा आयोगले शनिबार बिहान ७ बजेदेखि प्रदेश १ का तीनवटा केन्द्रहरु खोटाङ, धनकुटा र इलाममा परीक्षा सञ्चालन गरेको छ । अन्य प्रदेशका केन्द्रहरूमा पनि निर्वाध रूपमा परीक्षा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?