चल्न भन्दापनि टिक्न झनै मेहनत गर्नुपर्दाे रहेछ : मेक्सम खाती (भिडियो सहित)

appharu
0
Shares

काठमाण्डौं । सानु कँहा छौ, एकै चाटी मुख हेर्ने धोको छ, भेट जँहा छौ ।
यो गीत नसुन्ने मान्छे सायदै होलान् । तर कुनै समयमा यो गीत निकै चर्चाको शिखरमा थियो । बालक देखी बृद्धिसम्मको मुखमा यो गीतले बास गरेको थियो ।

लोक गीतबाट आफ्नो परिचय बनाएका गायक मेक्सम खाती क्षेत्री पछिल्लो समय सुगम संगीतमा पनि जम्न थाल्नु भएको छ ।

मेक्समले गाएका आई लभ यु, रुपैको जाँदु, उस्को जस्तो मन भए, तिम्रो आँखामा आँशु लगायतका सुगम संगीत चर्चामा छन् । लोक गीत र आधुनिक गीत दुबैलाई आफूले न्याय गरेको उहाँको दावी छ । दुवै विधाका स्रोता दर्शकको माया पनि उत्तिकै पाएको उहाँको भनाई छ ।

मेक्सम खातीले गाएका रुदै रुदै तिम्रो शहर, मलाई माया गर प्रियसी, रसिलो छ बोलि, आँखा भरी तिम्रै बोलका गीत चर्चामा छन् । गीत संगीत गाउँनमा मात्रै नभएर उँहा अहिले अभिनयमा पनि होमिनु भएको छ । उहाँको अभिनयलाई पनि दर्शकले मन पराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?