कारागारभित्र भेटियो जासुसी पेन क्यामरा

appharu
0
Shares

बझाङ – जिल्ला कारागार बझाङमा जेल सजाय भोगिरहेका एक कैदीका साथबाट पेन क्यामरा भेटिएको छ। ६ महिनाअघिको विषयलाई लिएर कैदीहरूबीच चलेको कुराकानीबाट जेलभित्रै कानुनविपरीत जासुसी क्यामरा राखेको रहस्य बाहिरिएको हो। जेलमा बसेकामध्ये कसैले कारागारको गतिविधिसँगै सुरक्षा स्थितिसम्बन्धी दृश्य रेकर्ड गरी बाहिर पठाउने गरेको सूचना प्राप्त भएपछि गरिएको जाँचमा जबर्जस्ती करणीमा जेल सजाय भोगिरहेका आरएन भनिने ईश्वर थापाको झोलामा लुकाएर राखेको अवस्थामा सो पेन क्यामरा भेटिएको जेलर राजेन्द्रबहादुर बोहराले शुक्रबार पत्रकार समेलनमा जानकारी गराए।

जबरर्जस्ती करणीको आरोपमा अदालतले थापालाई दोषी ठह¥याएको छ। उनी २०७५ मंसिर २५ गते बर्दिया जिल्लाबाट सरुवा भएर बझाङ कारागारमा आएका हुन्। कागारभित्र कैदीले मदिरा र चरेससमेत सेवन गर्ने गरेको सन्दर्भबारे उठाइएको प्रश्नको जवाफ दिँदै जेलर बोहराले भने, ‘घटना ६ महिनापहिलेको हो, त्यतिबेलाका नाइके चौकीदार र सुरक्षाकर्मीको कमजोरीका कारण यस्तो घटना भएको हो। अहिले तिनीहरू जेलमुक्त भइसकेका छन्। प्रहरी इन्चार्ज गणेश विकलगायत १५ सुरक्षाकर्मीलाई एकैपटक कारबाहीस्वरूप सरुवा गरिसकेका छौं।’ नागरिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?