युवतीसंग होटलमा बास बसेका युवक मृत फेला

काठमाडौं । दाङको तुलसीपुर स्थित घोराही रोडमा रहेको मानसरोवर होटेलमा बास बस्न गएका कोहलपुरका एक युवक मृत भेटिएका छन् ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्वर २ बस्ने अन्दाजी २९ बर्षीय रमेश हमाल होटेलको कोठा भित्र झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
हमाल रुकुमकी एक युवतीसंग विगत तीनदिन देखि होटेलमा बस्दै आएका थिए ।

विवाहित हमाल तुलसीपुरमा केहि समयदेखि ड्राइभिङ सेन्टर खोलेर बसेको प्रहरीले बताएको छ । अविवाहित युवतिलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । मृतको शव राप्ती प्रादेशीक अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?