२४ माघ २०७९, मंगलवार

दशैं अगाडि ‘राष्ट्रिय चलचित्र अवार्ड’

२०७४,भाद्र,२६,सोमवार ०६:४९

0
Shares

काठमाडौँ, २६ भदौ ।प्राविधिक कारणले यसवर्ष वितरण गर्न नसकिएको ‘राष्ट्रिय चलचित्र अवार्ड’ दशैं अगाडि वितरण गरिने भएको छ ।नेपाल चलचित्र विकास बोर्डले प्रत्येक वर्ष असार १६ गते संस्थाको वार्षिकोत्सवको अवसरमा वितरण गर्दै आएको सो अवार्ड यसपटक बोर्डका पदाधिकारी रिक्त भएका कारण समयमै निर्णय हुन सकेको थिएन ।प्रत्येक वर्ष वैशाख १ गतेदेखि चैत मसान्तसम्म निर्माण भएका नेपाली चलचित्र मूल्यांकन गरी वर्षभरको उत्कृष्ट चलचित्र, नायक,नायिका, निर्माता, छायांकन, गीत, लाइभटाइम अवार्डलगायतका विधामा पुरस्कार प्रदान गरिन्छ ।पुरस्कार छनोट समितिको सिफारिसका आधारमा राष्ट्रपतिबाट प्रदान गरिँदै आएको प्रत्येक पुरस्कारका राशि रु एक लाख रहेको छ । सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा बोर्डले यस किसिमको कार्यक्रम गर्दै आएको हो ।बोर्डको पदाधिकारी छनोटका लागि दरखास्त आह्वान गरिएको अन्तिम म्याद यही भदौ २५ गते सकिएकाले पदाधिकारी छनोटका लागि गृहकार्य भइरहेको छ ।सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले समाज रुपान्तरणका लागि चलचित्र क्षेत्र सशक्त माध्यम भएको बताउँदै उक्त कार्यक्रम दशैँ अगाडि गर्ने प्रतिवद्धता व्यक्त गरे । मन्त्री बस्नेतले केही दिनमैै सही उम्मेदवार छनौट गरी नियुक्ति दिने जानकारी दिए ।चलचित्र सेन्सर बोर्डका सदस्य प्रकाश सुवेदीले संस्कृति र कलाको विकासबाटै मुलुकको सभ्यताको पहिचान हुने भएकाले यस्ता राष्ट्रियस्तरका अवार्डलाई समयमै निरन्तरता दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: २०७४,भाद्र,२६,सोमवार ०६:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । उच्च अदालत पोखराले पल शाहविरुद्धको बाल यौन दुराचारको मुद्दामा झगडियालाई झिकाउने आदेश दिएको छ । सोमबार उच्च अदालत

काठमाडौं । कोरोना महामारीपछि सङ्गीत जगतको उत्कृष्ट अवार्ड मध्येको एक ग्रामी अवार्ड यस वर्ष लस एन्जलसमा सम्पन्न भएको छ ।

काठमाडौं । गायक रामकृष्ण ढकालको गीत आमाको ममता सार्वजनिक भएको छ । आईतवार काठमाडौंमा एक कार्यक्रम गरी गीतसहित भिडियो सार्वजनिक

काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत तथा बिक्रम डि जोशी निर्मित फिल्म ‘हेल्लो जिन्दगी’ ले अहिलेसम्म बिभिन्न आठ वटा अन्तराष्ट्रिय

ताजा समाचार

कलाकार पदमप्रसाद पौडेलको निधन
 २०७९,माघ,२४,मंगलवार १७:२८