स्मिता र आशिषको ‘जालमैं पार्छु’ मा आँचल शर्मा र विजु (भिडियो सहित)

appharu
0
Shares

काठमाण्डौं । गायिका स्मिता दाहालको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।

‘जालमैं पार्छु’ बोलको गीतमा स्मितासगै आशिष अविरलको स्वर रहेको छ । एक नारायण भण्डारी शब्द रहेको गीतमा संगीत तथा एरेन्ज गायक आशिष अविरलको रहेको छ ।

चर्चित मोडल तथा नायिका आँचल शर्मा र विजु पार्कीको अभिनय रहेको भिडियोको कोरियोग्राफी तथा निर्देशन प्रविन सिंहले गर्नुभएको हो । म्यूजिक भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईको र सम्पादन विकाश ज्ञवालीको रहेको छ ।

काठमाण्डौंमा शुक्रबार भिडियो सार्वजनिक कार्यक्रममा खानेपानी मन्त्री बिना मगर, भरतपुर महानगरकी मेयर रेणु दाहाल, स्मिता दाहालकी आमा तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालकी स्वकिय सचिव गंगा दाहाल, गायक रामकृष्ण ढकाल, कलाकार जितु नेपाल लगायतले स्मिता दाहालको नयाँ गीतलाई सफलताको शुभकामना दिनुभएको थियो ।

गायिका स्मिता पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालकी नातिनी हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?