१४ बर्षका कलाकार अनु सिंहको मृत्यु

appharu
0
Shares

एजेन्सी । भारतको धरसिवा गाउँमा भएको सडक दुर्घटनामा चर्चित बाल कलाकार शिवलेख सिंह उर्फ अनु सिंहको मृत्यु भएको छ ।

आफ्नो परिवारसँग यात्रा गरिरहेका अनु चढेको कार बिहिबार दिउँसो ३ बजे ट्रकसँग ठोक्किर दुर्घटनामा परेको थियो ।

अनुका बुवा शवेन्द्र सिंह र आमा लेखना सिंहको अबस्था गम्भीर रहेको उपचार भईरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

अनुले टिभी सिरियल ससुराल सिमरकासहित विभिन्न टेलिश्रृङ्खलामा महत्वपूर्ण भूमिका निभाएर आफ्नो पहिचान बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?