मन्त्री ज्ञवालीको यस्तो इच्छा !

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले मृत्युपश्चात आफ्नो अंग दान गर्ने बताउनुभएको छ ।

उहाँले शुक्रबार मन्जुरीनामा पत्रमा हस्ताक्षर गर्दै आफ्नो मृत्युपश्चात शरीरको जुनसुकै अंग आवश्यक परेको बिरामीको शरीरमा प्रत्यारोपण गराउन सक्ने बताउनुभएको हो ।

नेपालमा पछिल्लो समय अन्गदान गर्ने प्रचलन बढ्दै गइरहेको छ । सोहि अनुरुप मन्त्री ज्ञवालीले पनि मृत्युपश्चात आफ्नो अंग दान गर्ने इच्छा व्यक्त गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?