१० जेष्ठ २०७९, मंगलवार

विकास निर्माणमा राजनीति नगर्नुस् : प्रमुख आयुक्त बस्न्यात

२०७४,पुष,१५,शनिवार १०:२९

0
Shares

खोटाङ, १५ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले विकास निर्माणका योजनामा राजनीतिकरण गर्न नहुने बताएका छन् ।

आफ्नो गृह जिल्ला खोटाङको छोरम्बुमा आज आयोजित सम्मान कार्यक्रममा उनले भने, “पछिल्लो समय विकास निर्माणका योजनामा बढ्दो राजनीतिकरणका कारण देशमा अपेक्षित विकास हुन सकेको छैन ।”प्रमुख आयुक्त दीप बस्न्यातले विकासका नाममा राजनीति नगर्न र राजनीतिबाट विकास गर्न अाग्रह गर्दै आफूले दिएको आश्वासन पूरा गरेमा सम्पूर्ण विकासका आयाम पूरा हुँदै जाने बताए ।

४७ वर्षपछि गृह जिल्ला खोटाङ पुगेका प्रमुख आयुक्त बस्न्यातलाई विकट जिल्लामा जन्मिएर पनि राज्यको उच्च तहमा पुगेर देशको सेवा गरेकोमा छोरम्बुवासीले दोसल्ला ओढाएर सम्मान गरेको छ उनले आजै दिप्रुङ गाउँपालिका–३ छोरम्बुमा विस्तार गरिएको केन्द्रीय विद्युत् प्रसारण लाइनको उद्घाटन पनि गरे ।

प्रकाशित मिति: २०७४,पुष,१५,शनिवार १०:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

हेटौंडा । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशमा गफाडीहरु जन्मिएको बताएका छन् । मंगलबार नेकपा एस

बारा । स्थानीय तह निर्वाचनको मतपरिणाममा बारा जिल्लामा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा कृषि क्षेत्रलाई विशेष व्यवस्था गरिने बताएको छ । मंगलबार संघीय सभाको

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा मेडिकल कलेज संचालन हुनु भएको छ । राष्ट्रपति विद्या भण्डारीले मंगलबार प्रस्तुत

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३
नीति तथा कार्यक्रम सकारात्मक छ : भट्टराई
 २०७९,जेष्ठ,१०,मंगलवार १९:४१
बारामा नेकपा एमाले सबैभन्दा ठूलो दल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:४०