इपिएल क्रिकेटः विराटनगरले दियो भैरहवालाई १५० रनको लक्ष्य

कीर्तिपुर, १५ पुस । कीर्तिपुरमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा भैरहवाले १५० रनको लक्ष्य पाएको छ राष्ट्रिय टोलीका कप्तानसमेत रहेको पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धाति २० ओभरमा सात विकेट गुमाउँदै १४९ रन जोडेको छ शरद भेषवाकरको कप्तानीमा खेलिरहेको भैरहवा ग्लाडीयटर्सले अब फाइनल उपाधि चुम्नका लागि १५० रन जोड्नुपर्नेछ विराटनगरका लागि अशुंमन रथले ४१, कप्तान खड्काले २७, हरिशंकर शाहले २२ तथा प्रनित थापा मगरले १४ तथा करण केसीले नौ रन बनाएका थिए सुरुवातमा राम्रो प्रदर्शन गरेपनि पछिल्ला क्रमका ब्याट्सम्यानहरू सस्तैमा आउट भएपछि विराटनगरले मध्यम योगफल तयार पारेको हो भैरहवाका लागि पुनित मिश्र र कृष्ण कार्कीले दुई-दुई तथा शरद भेषवाकर र आरिफ शेखले एक–एक विकेट लिए अहिले जवाफी ब्याटिङमा उत्रेको भैरहवाले १२ ओभरको खेल सकिँदासम्म २ विकेटको क्षतिमा ९३ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?