यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि प्राधिकरण गठन गर्छौं: मन्त्री महासेठ

काठमाडौं । सरकारले ‘यातायात व्यवस्था प्राधिकरण’ गठन गर्ने तयारी गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि छुट्टै यातायात व्यवस्था प्राधिकरण गठन गर्न लागिएको जानकारी दिनुभएको हो ।

उहाँले त्यसका लागि विधेयक तयार भएको र आगामी हप्ता सो विधेयक संसदमा पेश गर्ने पनि बताउनुभयो ।

शुक्रबार काठमाडौंमा कम्पनीमा रुपान्तरित यातायात व्यवसायीहरुको सेवाको एक कार्यक्रमका बीच शुभारम्भ गर्दै उहाँले यातायात व्यवसायीहरुकै परामर्शमा सो प्राधिकरण गठन गर्न लागिएको पनि स्पष्ट पार्नुभयो ।

मन्त्री महासेठले यातायात क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्न सरकार लागि परेको पनि बताउनु भयो । तर त्यसका लागि यातायात व्यवसायीहरुले सरकारलाई सक्दो सहयोग गर्नुपर्ने पनि मन्त्री महासेठको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?