३ श्रावण २०७६, शुक्रबार १४:३५

नेपाल प्रहरीका असईद्वारा २० वर्षीय युवती बलात्कृत


प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार १४:३५

काठमाडौं । रौतहटमा जबर्जस्ती करणी गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रहरीका असई राजेन्द्र साह रहेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले

२० वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा पीडितका आफन्तले प्रहरीमा लिखित जाहेरी दिएपछि असई साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

प्रहरीका अनुसार बारा जिल्ला महागढिमाई नगरपालिका घर भई जिल्ला प्रहरी कार्यालय मकबानपुरमा कार्यरत असई साहलाई असार ३१ गते चन्द्रनिगाहपुरको माउण्ट एरिवा गेष्ट हाउसको ३०६ नम्बरको कोठामा २० बर्षीय महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।

पक्राउ परेका साहलाई जिल्ला अदालत गौरबाट जबर्जस्ती करणी गरेको आरोपमा ५ दिनको म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले बताउनुभयो ।

Tags:

प्रतिक्रिया दिनुहोस
१३ औं साग : कुस्तीमा संगीता धामीलाई स्वर्ण

जनकपुर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालकी संगीता धामीले

सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

काठमाडौं । धनुषा, बर्दिया, खोटाङ, दाङ, काभ्रे, बाँके, सुर्खेत र झापाका विभिन्न स्थानमा

आमा ! यिनले अब कहिल्यै तिम्रो छाक माग्ने छैनन्…

काठमाडौं । प्रसव पिडामा छटपटिएर सडकमा सुतिरहेकी छिन् मनोरोगी महिला । छेउछाउमा गाउँले

कुस्तीको उद्‌घाटनमा नपड्केर फालेको पटका पड्काउंदा बालक घाइते

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत कुस्ती खेल भइरहेको जनकपुरधामस्थित