प्रभासको फिल्म ‘साहो’ को रिलिज १५ दिन पछि सर्याे

appharu
0
Shares

काठमाण्डौं । चर्चामा रहेको फिल्म ‘साहो’ को रिलिज मिति १५ दिन पछि सरेको छ ।

आउँदो अगस्त १५ मा रिलिज हुने भनिएता पनि १५ दिन पछाडि धकेलिएको निर्माण टिमले जानकारी दिएको छ ।

पहिले तय गरेको मितिमा अन्य २ ठूला फिल्म पनि रिलिज हुँदैछन् । जसकारण प्रभास अभिनित फिल्म ‘साहो’ को रिलिज मितिमा हेरेफेर भएको हो ।

‘साहो’ टिमले सामाजिक सञ्जालमा एक नोटिस जारी गर्दै रिलिज मितिमा परिवर्तन गरिएको जानकारी दिएको हो । फिल्म ३० अगस्तमा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?