बाजुरामा जीप दुर्घटना, दुईको मृत्यु, ११ जना घाइते


प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार १२:३३

काठमाडौं । बाजुरामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

जिल्लाको जगन्नाथ गाउँपालिका–५ भुवाखोलामा आज बिहान जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्युु भएको छ ।

जगन्नाथ गाउँपालिकाको पिलुचौरबाट छिमेकी जिल्ला कालीकोटको जितेगडातर्फ जाँदै गरेको क१ज २१ नंको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
दुर्घटनामा जीप चालक रमेश बोगटी र मुगु जिल्ला घर भएका यात्रु रामबहादुर शाहीको मृत्यु भएको छ, भने अन्य घाइते हुनेमा जगन्नाथ गाउँपालिका–५ गोत्रीका टक्क ल्वार, सोही गाउँका अम्मकला ल्वार, महेश्वरी ल्वार, जनु ल्वार, त्यसैगरी हिमाली गाउँपालिका लालवीर चदारासहित रहेका छन् ।

तीमध्ये टक्क ल्वार र अम्मकला ल्वारको अवस्था गम्भीर रहेको छ ।
घाइते बाँकी चार जनाको नाम खुल्न सकेको छैन । लगातारको पानीले सडक चिप्लो र उकालो भएकाले उकालोमा चढ्न नसकी चिप्लिएर दुर्घटना भएको बताइएको छ ।

जीपमा १३ जना सवार रहेको प्रहरीले बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस
लोकसेवा पास गरेर मात्र कर्मचारी सेवा प्रवाहमा पूर्ण दक्ष हुँदैन : मन्त्री पण्डित

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीको क्षमता अभिवृद्धि एकद्वार

‘प्रधानमन्त्रीज्यू, विद्यार्थी लुट्ने मेडिकल माफियाप्रति तपाईं किन मौन ?’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । सरकारले तोकेकोभन्दा बढी शुल्क उठाउने मेडिकल कलेजहरूलाई कारबाहीको माग राख्दै माइतीघर

संसारकै अग्लो टावर बुर्ज खलिफामा नेपाली झण्डा फहराइयो

काठमाडौं | युएईमा अवस्थित विश्वकै अग्लो भवन बुर्ज खलिफामा नेपाली राष्ट्रिय झण्डा फहराएको

परपुरुषसँग मिलेर श्रीमानको हत्या, सेफ्टीट्याङ्कीमा भेटियो शव !

काठमाडौं | श्रीमान्को हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा