आजपनि बढ्यो सुनको मूल्य !

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन प्रतितोला ६५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन बिहिबार ६५ हजारमा कारोबार भएको थियो । आज ५ सयले बढेर सुन ६५ हजार ५ सय कायम भएको हो ।

असार २७ देखि ६४ हजार ५ सयमा कारोबार भएको सुन बिहिबार ५ सयले बढेर ६५ हजार कायम भएको थियो, भने आज शुक्रबार पनि प्रतितोला ५ सयले बढेर ६५ हजार ५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज छापावाला सुन ६५ हजार २ सय कायम भएको छ ।

त्यस्तै आज चाँदी भने प्रतितोला ५ रुपैंयाँले घटेर ७ सय ६० कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?