अझै टुंगो लागेन नेपाली क्रिकेट माथिको निलम्बन

appharu
0
Shares

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसी ले नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन कायम राखेको छ ।

लण्डनमा बिहिबार बसेको आईसीसीको बोर्ड बैठकले क्यान निलम्बनबारे कुनै निर्णय गरेको छैन ।लण्डनको बैठकमा क्यान निलम्बनबारे छलफल हुने अनुमान गरिएको थियो । तर, बैठकले क्यानबारे कुनै निर्णय नगर्दा निलम्बन यथावत रहेको हो ।

तर, आईसीसीको बैठकले जिम्बावे क्रिकेटलाई भने प्रतिबन्ध लगाएको छ । जिम्बावे क्रिकेट बोर्डमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले निलम्बन गरेको हो ।

आईसीसीको प्रतिबन्धमा रहेपनि नेपाली क्रिकेट टिमले भने अन्तराष्ट्रिय प्रतियोगिताहरु खेलिरहेको छ । नेपाली टोलीलाई आईसीसीले नै हेरिरहेको छ ।

क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले नेपाललाई बिस २०७३ सालको वैशाखमा निलम्बन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?