आज शुक्रबारको राशिफल : कुन राशिका लागि शुभ कुनका लागि अशुभ

appharu
0
Shares


मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पठन पाठन, बौद्धिक क्षमता तथा मान प्रतिष्ठामा सुधार आउनेछ। बोलीको प्रभाव बढ्नेछ । धन लाभको योग छ। परिवारमा सम्मान प्राप्त हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
दिन मध्यम छ । अध्ययन अध्यापनमा अवरोध आउन सक्छ । मनमा उत्साह र उमङ्गको सञ्चार होला । प्रेमी प्रेमीकाको सम्बन्ध सुमधुर रहला । बोलीकोप्रभाव बढ्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
धार्मिक काममा रुचि जाग्छ । साथीभाईको राम्रो सहयोग होला । धन लाभ हुनसक्छ । वैदेशिक यात्रा सफल रहला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दाम्पत्य सुखमा फलदायी होला । शत्रु परास्त हुनेछन् । धनमाल हराउन सक्छ सावधान रहनुहोला । आकस्मिक धन सम्पति प्राप्तहुने हुदा सुखसागरमा रमाउने समय रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आध्यात्मिक क्षेत्रको यात्रा राम्रो होला । जग्गा जमिनबाट अशुभ होला । चोटपटक लाग्न सक्छ । होसीयारी अपनाउनुहोला । व्यावसायिक यात्राको तयारि गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आफ्नै मान्छेबाट घात हुनसक्छ । नसोचेको काममा सफलता हात पर्ला । धार्मिक कार्य, तिर्थ ब्रत जस्ता काम सफल देखिन्छ । स्वास्थ्यमा विशेष ध्यान दिनुहोला आत्मिय मित्र तथा साभिभाईहरुको सहयोगले सकारात्मक कामहरु गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
परिवारबाट सुख सन्तोष पाईएला । जग्गा कारोबार नगर्नु राम्रो छ । प्रेम र दाम्पत्य जीवन सुमधुर रहला । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
धार्मिक तथा आध्यात्मिक काममा मन नजाला । आर्थिक अवस्था सुध्रदै जानेछ । स्वास्थ्यको ख्याल गर्नुपर्ला । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ । लामो दुरीको यात्रा हुनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे )

पदोन्नतिको सम्भावना छ। यात्रा हुनेछ । धन सम्पति जोड्न सकिने समय रहेको छ। स्वास्थ्य सबल हुने हुँदा परिणाम मुखि काम गर्न सकिनेछ । प्रतिष्ठा बढेर जाला । समय उत्तम छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
सवारि साधन प्राप्त हुने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा रमाउनुहोला सामाजिक क्षेत्रमा प्रतिष्ठा कमाउन सकिनेछ । पठन पाठन तथा बानी व्यवहारमा भने सन्तोषजनक अवस्था होला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
दाम नाम यश प्रतिष्ठा बढ्ने छ । भूमि बहानबाट फलिफाप होला । प्रेमी प्रेमीकाकाबीचको माया प्रगाढ हुनेछ ।कृषि तथा पशुपालन व्यावसायबाट भनेजस्तो आम्दानी हुनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सम्मान प्राप्त होला। आर्थिक अवस्थामा सुधार आउने छ। सबैसँग सुमधुर सम्बन्ध हुनेछ । मौसम प्रतिकुल रहला । खेलकुदबाट सफलता मिल्ला । पदोन्नतीको संभावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?