टिकटकमा भाइरल गरिमाको पहिलो गीत रेकर्ड

appharu
0
Shares

काठमाडौं । टिकटकमा भाइरल बनेकी गरिमा हुँमागाईले पहिलो गीत रेकर्ड गराएकी छिन् ।

आफ्नो गायिका बन्ने सपना पूरा भएकोले गीत गाउँदा–गाउँदै स्टूडियोमै भावूक बनिन् ।
आर्थिक अभावका कारण गीत रेकर्ड गराउन नदेखेकी उनलाई डीएआर मूभिजले सम्पूर्ण खर्च व्यहोरेर गीत गाउने अवसर प्रदान गरेको हो ।

उनले एउटा तीजको गीतमा आवाज दिएकी छिन् । यो सँगै आगामी दिनमा पनि गीत गाउने अवसर प्रदान गरिने डीएआर मुभिजका सञ्चालक प्रभावनले बताएका छन् । केहि समय अगाडि गलबन्दी गीत गाएर टिक टकमा गरिमा भाइरल बनेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?