सिके राउतको जीवनीमा चलचित्र बन्ने

appharu
0
Shares

काठमाण्डौं । डा. सिके राउतको जीवनीमा ‘डाक्टर सिके राउत दि प्यासन’ नामको चलचित्र बन्ने भएको छ । चलचित्रमा ५० प्रतिशत राउतको जीवनमा आधारित कथा र ५० प्रतिशत फिल्मी कथामा चलचित्र बन्ने निर्माण टोलिले जनकारी दिएको छ ।
विजेता गिरीको प्रस्तुति, राधिका इन्टरनेशनल मुभिजले निर्माण गर्ने चलचित्रलाई आउँदो छठ पर्वमा रिलिज गर्ने तयारी गरिएको काठमाण्डौमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
कार्यक्रममा डा. राउतले भने–‘डेढ महिनाअघि मलाई चलचित्रको टिमले भेट्न खोज्दा मलाई विश्वास लागेको थिएनँ । तर, चलचित्रको निर्माणप्रति टिमको जोश देखेपछि म पनि सकारात्मक भएको हुँ ।’
बाबुको लगानीमा बन्ने चलचित्रलाई सन्तोष शाहले निर्देशन गर्दैछन् । भोजपुरी चलचित्रका सफल कलाकार परदेशी शाहले सिके राउतको भूमिका निर्वाहा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?