सरकारले भन्यो– यही अवस्थामा विप्लव समूहसँग वार्ता हुन सक्दैन

appharu
0
Shares

काठमाडौ–संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भएमात्रै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहसँग वार्तामा बस्न सकिने स्पष्ट पारेका छन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले शक्ति संचयका लागि हुने पनि छलछामका लागि सरकारले सो समूहसँग वार्ता गर्न नसक्ने पनि स्पष्ट पारे ।
बिहीबार आफ्नै मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले हिंसालाई बैधानिकता दिने गरी सरकार सो समुहसँग वार्तामा बस्न नसक्ने पनि बताए ।
मुलुकले यस अघि पनि हिंसा झेलेकाले त्यसको पुनरावृत हुने गरी कुनै पनि खालको गतिविधि सरकारले नगर्ने मन्त्री बास्कोटाको अडान छ ।

मन्त्री बास्कोटाले कार्यकर्ताको रिहा गर्ने, मुद्दा फिर्ता गराउने नियतका साथ पनि वार्ताको प्रस्ताव आउन सक्ने भन्दै सरकार त्यसप्रति सचेत रहेको पनि बताए ।
उनले अनौपचारिक वार्ता सो समूहसँग विभिन्न कोणबाट भईरहेको स्विकार पनि स्विकार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?