धुम्रपानको लतबाट कसरी टाढा रहने ?

appharu
0
Shares

धुम्रपान गर्नुको बेफाइदा अनेक छन् । तर जानकार हुँदाहुँदै पनि धेरै मानिसहरु यसबाट टाढा हुन नसकिरहेको अवस्था हुनसक्छ । यस्तो समस्यामा पर्नुभएको छ भने हामी प्राकृतिक तरिकाबाट धुम्रपानबाट टाढा राख्ने उपाय तपाईंहरुमाझ पस्कँदै छौँ ।

१. बिस्तारै कम गर्नुहोस्ः
यदि दिनमा १० देखि १२ वटा चुरोट पिउनुहुन्छ भने यसलाई दिनप्रतिदिन घटाउँदै लानुहोस् । आफू धुम्रपानबाट जसरी पनि टाढा बस्छु भन्ने सोच्दै हुनुहुन्छ भने बिस्तारै घटाउँदै लाने गर्नुभयो भने यसलाई तपाईंले चटक्कै छोड्न सक्नुहुन्छ ।
२. धुँवाबाट टाढा रहुनहोस्ः
यदि तपाईं धुम्रपानबाट टाढा बस्न चाहनुहुन्छ भने निकोटिनको स्वाद र यसको गन्धबाट टाढा बस्नुपर्ने हुन्छ । यसका लागि तपाईंले बेकिङ सोडाको प्रयोग गर्न सक्नुहुन्छ जसले तपाईंको कुनै पनि फर्निचरबाट चुरोटको गन्ध हटाउने काम गर्दछ ।
३. आफ्नो मुखलाई व्यस्त राख्नुहोस्ः
जतिबेला तपाईंलाई चुरोट पिउन मनलाग्छ, त्यतिबेला चुइङगम खानुहोस् । यसका साथसाथै तपाईंले ललिपप र टुथ पिकको पनि प्रयोग गर्न सक्नुहुन्छ ।
४. पहिला जाने ठाउँमा जान बन्द गर्नुहोस्ः
जब तपाईं धुम्रपान छोड्ने सोच्दै हुनुहुन्छ भने त्यसका लागि सबैभन्दा पहिले तपाईं धुम्रपानका लागि पहिला जाने ठाउँमा जान बन्द गर्नुपर्छ र ती साथीहरुलाई भेट्न पनि बन्द गर्नुपर्ने हुन्छ जो धुम्रपानको अम्मली छन् ।
५. संगीत सुन्नुहोस्ः
आफूलाई मनपर्ने संगीत सुन्नुहोस् । यसले तपाईंको दिमागलाई आराम दिने गर्दछ ।
६. स्वच्छ हावाः
आफ्नो घरलाई चुरोटको धुँवाबाट मुक्त गर्नुहोस् । कोठाको झ्यालहरु धेरैजसो खुल्ला राख्नुहोस् ता कि तपाईंको कोठामा स्वच्छ हावा आवतजावत होस् ।
७. आफ्नो दिनचर्यालाई परिवर्तन गर्नुहोस्ः
यदि तपाईं बिहान चियासँग चुरोट खाने गर्नुहुन्थ्यो भने त्यतिबेला केहि अरु नै काम गर्नुहोस् ।
८. धुम्रपानलाई याद दिलाउने सामानहरु फ्याँकिदिनुहोस्ः
धुम्रपान त्याग्ने सोच्दै हुनुहुन्छ भने सबैभन्दा पहिले लाइटर, एसट्रे, सिगरेट होल्डर, सलाइहरु फ्याकिँदिनुहोस् ।
९. खाली समयमा सिगरेट नपिउनुहोस्ः
कामको बीचमा हुने खाली समयमा चुरोट नपिउनुहोस् जस्तै कम्प्युटरमा केहि गेम खेल्नुहोस् । यदि अफिसमा गेम खेल्न मनाही छ भने फोनमा साथीहरुसँग कुराकानी गर्नुहोस् अथवा कुनै फल खानुहोस् ।
१०. खाली समयमा अन्य कामः
खाली समयमा गर्ने कामहरुको सूची तयार गर्नुहोस् जस्तै कतै घुम्न निस्कनुहोस्, पानी पिउनुहोस् अरु केही गर्नुहाेस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?