विद्युतीय बस खरिदका लागि यातायातमन्त्रीद्वारा साझा यातायातलाई रकम हस्तान्तरण

काठमाडौं । सरकारले तीन सय वटा विद्युतीय बस खरिदका लागि साझा यातायातलाई ३ अर्व रुपैयाँ रकम उपलब्ध गराएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ३ सय वटा विद्युतीय बस खरिद गरी संचालन गर्ने गरी साझा यातायातलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।

मन्त्री महासेठका अनुसार आगामी असोज महिनाभित्र काठमाडौंसहित देशका विभिन्न भागमा विद्युतीय बस संचालनमा ल्याउने गरी खरिद गर्न साझा यातायातलाई सो रकम उपलब्ध गराइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?