नवनियुक्त महानिर्देशक पोखरेललाई पब्लिक ईनोभेटर दिपेन्द्र कँडेलको यस्तो सुझाव

ईयासाको कालो सूचिबाट हटाउनु मेरो प्रमुख तथा महत्वपूर्ण कदम हुनेछ : महानिर्देशक पोखरेल

appharu
0
Shares

पब्लिक ईनोभेटर दिपेन्द्र कँडेलले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलसँग भेट गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

बिहिबार पोखरेलको कार्यकक्षमा भेटघाट गर्दै पब्लिक ईनोभेटर कँडेलले यूरोपियन एभियसन सेफ्टी एजेन्सी (ईयासा) ले नेपाललाई लामो समयदेखि राखेको कालो सूचिबाट हटाउन उल्लेख्य भुमिका खेल्न आग्रह गर्दै सफल कार्यकालको शुभकामना दिनुभएको हो । उहाँले भन्नुभयो, “यदि यहाँको कार्यकालमा यो काम पुरा भएको खण्डमा तपाईको नाम नेपाली उड्डयन क्षेत्रमा स्वर्णिम अक्षरमा लेखिन्छ ।”

हालसम्म नेपाल नागरिक उड्डयन प्राधीकरणको अपुरा भएका सम्पूर्ण कामहरु अब पुरा हुने उहाँले विश्वास दिलाउनुभयो । साथै विमानस्थलमा देखिएका समस्या यथासक्य समाधान गर्न आफू तयार रहेको बताउनुभयो ।

भेटमा ६२ वर्ष पुरानो धावनमार्गको पूनर्निर्माण तोकिएकै समयमा सकिएकोमा खुसी व्यक्त गर्दै बाँकी काम आउँदो सेप्टेम्बरबाट थाल्ने विषयमा कुराकानी भएको छ ।

हाल निर्माण भइरहेका भैरहवा तथा पोखरा विमानस्थलको काम दु्रत गतिमा सम्पन्न हुने दिशामा अगाडी बढेकोमा कँडेलले बधाई तथा शुभकामना दिनुभयो ।

यसैबिच उहाँले छिटै निर्माण हुन लागेको निजगढ विमानस्थलको लागि सरकारले सहयोग गरेको खण्डमा खाडी मुलुकमध्ये कुनै एक देशको प्रविधीलाई नेपाल ल्याएर नेपालकै उत्कृष्ट विमानस्थल बनाउनको लागि समन्वयकारी भुमिका निर्वाह गर्न पनि आफू तयार रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?