सन्तानले घेरिएकी अविवाहित आमा(भिडियो सहित)

अधिकांस सन्तान मानसिक सन्तुलन गुमाएकाम पनि महिला, कतिपय विषयमा महिलाको कारण महिला कमजोर भए पुरुष दोषी छैन भन्थे तर सडकमा बेवारिसे पनि बलात्कृत भई गर्भवति भएको देख्दा समाजिक चरित्रबारे चिन्तित हुन्छु राजधानीको रिंगरोडसँग जोडिएको एकान्तकुना, कुसुन्ती हाईटबाट केही मिटर मात्रै तल । एउटा बोर्ड देखिन्छ नेपाल स्नेही काख । गेट खोलेर भित्र पस्दा मानसिक सन्तुलन गुमाएका महिला तथा बालबालिका एउटा तिनकोठे टहरो संगै रहेको कम्पाउण्डमा घुमिरहेका वा खेलीरहेका देखिन्छन । नेपाल स्नेही काख लेखिएको यो टहरा भित्र मानसिक सन्तुलन गुमाएका केही अधबैंशे महिला र भर्खर जन्मिएका (२ र ९ महिने शिशु) समेत छन । नेपाल स्नेही काख मानसिक सन्तुलन गुमाएर सडकमा आएका व्यक्तिलाई संरक्षण दिने संस्था हो । यो संस्थाकि अध्यक्ष हुन, श्रीनेहा पोखरेल । १६ वर्षको उमेरदेखि नै यो संस्था सञ्चालन गर्दै आएकी उनले आफ्नो सबै कमाई यसैमा लगाएकी छिन, मानसिक सन्तुलन गुमाएका यिनै मानिसहरुको आश्रय, भरण पोषण र उपचारमा उनले आफ्ना गरगहना र भएको एउटा स्मार्ट फोन समेत बेचिसकेकि छन

भएका गरगहना बेचिसके, मःम र पानीपुरी बचेर पनि केही आर्थिक संकलन गरियो । सबै विरामीको हेरचाह गर्दा खर्च धेरै हुदोरहेछ । आत्मविश्वास छ समाजले अवश्य अझै सहयोग गर्छ र म फेरी पानीपूरी बेचेरपनि स्नेही काखमा आश्रितलाई बेवारिसे बनाउदिन ।

नेपाल स्नेही काखमा आश्रय लिएका सबै उमेर समुहका मान्छेले श्रीनेहालाई आमा शब्दले सम्बोधन गर्छन । विबाह गर्ने उमेर हुन लागे पनि २४–२५ बर्षको उमेरमा यति धेरै मानिसहरुले आमा भनेर संवोधन गर्दा उनी उनी मख्ख पर्छिन र गर्व गर्छिन पनि अविवाहित हु तर धेरैको आमा बने । सबैको मायाले आफ्नो पिडालाई भुल्छु । केही कमाउनुछैन , युवापुस्तामा मानबसेवाको भावना जाग्ने प्रेरणा बन्ने कोषिशमा छु । चुनौती धेरै छ तर भगवानले त आँट म पु¥याउछु भन्नुहुदोरहेछ एकदिन चामल थोरै रहेछ किन्नलाई पैसा भएन । खोलेको मज्जा लिऔभन्दै बसैलाई हसाउदै खुवाए तर मनभरी पीडा थियो भोली के गर्ने भनेर । केही विकल्प नभएपछि ममीको सहयोग लिए । एउटा बच्चाको हेरचाह गर्न कति कठिन छ मनसिक सन्तुलन गुमाएकाहरु त बच्चाभन्दापनि अवोध हुन्छन् । कत्तिचोटी पिटाइ खाएको छु । तरपनि तिनले आमा भनेपनि हरेक पीडा भुलिहाल्छु ।चार महिना भयो घरभाडा तिरेको छैन । वर्षाको समयमा आश्रममा ढल छिर्ने र जस्ताबाट पानी चुहिनाले कति रात सुतिएन । म पनि महिला, कतिपय विषयमा महिलाको कारण महिला कमजोर भए पुरुष दोषी छैन भन्थे तर सडकमा बेवारिसे पनि बलात्कृत भई गर्भवति भएको देख्दा समाजिक चरित्रबारे चिन्तित हुन्छु सहयोग गर्नका लागि:मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई सहयोग गरेर उनीहरुको जीवनमा थप खुसी दिन जो कोही सहयोगी मनहरुले निस्वार्थ सहयोग गर्न सक्ने उनले बताइन्। सहयोग गर्न चाहने व्यक्तिले सिद्धार्थ बैँक, बानेश्वरको खाता ०१०१५०३६४९६ वा सिधै संस्थाको कार्यलय अथवा फोन नम्बर ९८०३८०९७२१ मा सम्पर्क गर्न सक्नेु हुने छनेपाल स्नेही काखसम्पर्क नं.९८०३८०९७२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?