शेयर बजार: नेप्से परिसूचक थामियो

appharu
0
Shares

काठमाडौं । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक उकालो लाग्नेक्रम आज थामिएको छ ।

बुधबार दोहोरो अङ्कले उकालो लागेर बन्द भएको बजारमा नेप्से परिसूचक २ दशमलव ३७ बिन्दुले घटेर एक हजार २७२ दशमलव ४९ विन्दुमा पुगेको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलव २७ विन्दुले घटेर २७३ दशमलव ८४ विन्दुमा झरेको छ । नेप्से ओरालो लागे पनि कारोवार रकम भने औसतमा रहेको छ ।

कूल १ सय ५८ कम्पनीको १२ लाख ५० हजार ७ सय ८ कित्ता शेयर ४१ करोड १३ लाख ६९ हजार २ सय ९९ मूल्यमा खरीद बिक्री भए ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर उकालो लागेको छ । त्यसमा वित्त ३ दशमलव ०३, उत्पादन ५ दशमलव ३९ र लघुवित्त ० दशमलव १८ विन्दुले बढेको छ । यस्तै बैंकिङ १ दशमलव ३५, होटल २५ दशमलव ८८, विकास बैंक ४ दशमलव ३६, जलविद्युत् ७ दशमलव ५८, अन्य ० दशमलव ७४, जीवन बीमा २७ दशमलव ६७ र सामूहिक लगानी कोष ० दशमलव ०१ अङ्कले घटेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा छिमेक लघुवित्त विकास बैंक शीर्ष स्थानमा छ । सो बैंकले पाँच करोड १७ लाख ६८ हजार ५०० बराबरको कारोवार ग¥यो । यस्तै शिवम् सिमेन्ट दुई करोड ६१ लाख ५५ हजार ३ सय ६२, नेपाल लाइफ इन्स्योरेन्स दुई करोड ४५ लाख ९७ हजार १२, नेपाल बैंक लिमिटेड दुई करोड २८ लाख नौ हजार ६१५, प्रभु बैंक एक करोड ७९ लाख ६६ हजार ३३९ र एनआइसिएशिया बैंकको एक करोड ३० लाख ५१ हजार ८८४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै नेपाल हाइड्रो डेभलपर्सका शेयरधनीले ९ दशमलव २४, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ४ दशमलव ९४, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था ४ दशमलव ८९, दिव्येश्वरी हाइड्रो ४ दशमलव २३ र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३ दशमलव ६३ प्रतिशतले कमाए ।

त्यस्तै मेरा माइक्रोफाइनान्स वित्तीय संस्था ६ दशमलव ८१, नविल इक्विटी फण्ड ५ दशमलव ५७, एशियन लाइफ इन्स्योरेन्स ३ दशमलव २९, ज्योति विकास बैंक २ दशमलव ९४ र पाँचथर पावर कम्पनीका शेयरधनीले २ दशमलव ८७ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?