२ श्रावण २०७६, बिहीबार १६:०३

जबर्जस्ती करणीगरी फरार रहेका प्रतिवादी पाँच वर्षपछि पक्राउ


प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार १६:०३

काठमाडौं । जबर्जस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

जबर्जस्ती करणी मुद्दामा २ वर्ष ६ महीना कैद सजाय पाएका हेटौँडा उपमहानगपालिका-६ का ४४ वर्षीय पुण्यप्रसाद चौलागाईँलाई जिल्ला प्रहरी कार्यालयले पाँच वर्षपछि पक्राउ गरेको हो ।

जिल्ला अदालत मकवानपुरले २०६९ साल चैत ६ गते र पुनरावेदन अदालत हेटौँडाले २०७१ साल असार १७ गते चौलागाईलाई २ वर्ष ६ महीना कैद सजायको फैसला सुनाएको थियो ।

कैद सजाय सुनाएपछि फरार रहेका चौलागाईंलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वमा खटिएको टोलीले मङ्गलबार हेटौँडा-२ बाट नियन्त्रणमा लिएको हो ।

उहाँलाई बुधबार जिल्ला अदालत मकवानपुरमा पेश गरी कैद भुक्तानका लागि कारागार कार्यालय भीमफेदी मकवानपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज जनाएको छ ।

Tags:

प्रतिक्रिया दिनुहोस