प्रसूति गृहमा सुत्केरी र शिशुको निधन भएपछि…

काठमाडाैं । थापाथलीस्थित प्रसूति गृहमा सुत्केरी र शिशुको निधन भएको छ । सुत्केरी गराउन अस्पताल भर्ना भएकी नुवाकोट, दुप्चेवर गाऊँपलिकाकी कल्पना तामाङ र नवजात शिशुको निधन भएको थियो ।

तामाङको निधन भएपछी तनावग्रस्त बनेको अस्पताल अहिले बिरामी पक्ष र अस्पताल प्रशासन बीच वार्ता भइरहेको छ।

बिरामी पक्षले अस्पतालको लापरवाही भनेर दाबी गरेपनि त्यो गलत भएको अस्पताल प्रशासनले जनाएको छ ।

तामाङलाई गत मंगलबार अस्पताल गरिएको थियो। हिजो बुधबार अपरशेनको क्रममा बच्चा र आमा दुबैको मृत्यु भयो। त्यसपछि मृतकको आफन्तहरु आक्रोशित बनेका थिए। मृतकका आफन्तको आरोप अपरेशन गर्ने क्रममा चिकित्सकको लापरवाही भएको भन्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?