‘फेसएप’बारे आयो यस्तो समाचार !

काठमाडौं । अनुहारको तस्बिर सम्पादन गरेर साबिकको भन्दा युवा वा वृद्ध अवस्था देखाइदिने एप फेसएपबारे अहिले सबैतिर चर्चा भइरहेको छ।

उक्त एप प्रयोग गरेर प्राप्त परिणाम हजारौँ मानिसले सामाजिक सञ्जालमार्फत्‌ सार्वजनिक गरिरहेका छन्।

अमेरिकी संसद्को माथिल्लो सदनका प्रतिपक्षी दलका नेता चक शुमरले ‘फेसएप’माथि अनुसन्धान गर्न आग्रह गरेका छन् ।

तस्बिर: गुगलबाट

साविकको तस्वीर सम्पादन गरेर तन्नेरी र वृद्ध बनाइदिने यो एप्सको गोपनीयतालाई लिएर अनेक प्रश्न उठिरहेका बेला शुमरले यसमाथि अनुसन्धान गर्न फेडेरल व्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) र फेडेरल ट्रेड कमिसनसँग आग्रह गरेका हुन् ।

ट्वीटरमा एक पत्र पोस्ट गर्दै शुमरले फेसएपलाई ‘गम्भीर समस्या’ को संज्ञा दिएका छन् । फेसएप असुरक्षित रहेकाले आफ्ना देशका नागरिकको डाटा सत्रूतापूर्ण सम्बन्ध भएका देशले लैजानसक्ने चिन्ता उनले पत्रमार्फत व्यक्त गरेका छन् ।

रसियन कम्पनीले निर्माण गरेको यो एप यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । एप्सको प्रयोग बढेसँगै प्रयोगकर्ताको गोपनीयताको विषय बहसमा छ ।

तर, फेसएप निर्माणकर्ता रसियन कम्पनीले आरोप अस्वीकार गर्दै आएको छ । एप्सको प्रयोगबाट व्यक्तिको गोपनीयतामा कुनै खतरा नरहेको निर्माणकर्ताको दाबी छ ।

प्रयोगकर्ताको इमेज लामो समयसम्म नरहने उल्लेख गर्दै कुनै डाटा संकलन नगर्ने फेसएपको भनाइ छ । एपले प्रयोगकर्ताले इडिट गर्न चाहेको तस्वीर मात्रै अपलोड गरिदिने उसको दाबी छ ।

तर शुमरले एफबीआई र फेडेरल ट्रेड कमिसनलाई यसमाथि अनुसन्धान गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?