मनमोहन अस्पतालले सुरुवात गर्यो एन आइ सी यु सेवा, बिरामीले पाउनेछन् यी सुविधाहरु

appharu
0
Shares

काठमाडौं । मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले आजदेखि एन आइ सी यु सेवा प्रारम्भ गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्वयम्भूस्थित अस्पतालमा एन आइ सी यु सेवा उद्घाटन गर्दै स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र कुमार यादवले स्वास्थ्य क्षेत्रमा निम्न शुल्कमा गुणस्तरीय सेवा दिन अग्रसर यस अस्पतालले एन आइ सी यु सेवा सुरु गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, म मेरो व्यक्तिगत तर्फबाट अस्पताललाई सहयोग गर्न तयार छु ।

समारोहमा नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि. नेको नेपालका अध्यक्ष राजेन्द्र पाण्डेले २०६२ साल चैत्र ४ गते २८ जना सदस्यबाट सुरु भएको प्रयासमा आज २६ सय जना हातेमालो गर्दै अघि बढी राखेका छौँ । सेवाको स्तर निकै बढाएका छौँ ।

उहाँले असामान्य तथा आर्थिक रुपमा विपन्न भएका परिवारलाई समेत स्थापना कालदेखि नै विशेष सहुलियतमा उपचार सेवा दिँदै आएको प्रष्ट्याउनुभयो ।

आजबाट प्रारम्भ भएको एन आई सि यू यूनिटमा अत्याधुनिक प्रविधीका वार्मर र १० ओटा बेड साथै भेन्टिलेसनको व्यवस्था रहेको अस्पतालका प्रमुख प्रशासक राम प्रसाद गजुरेलले जानकारी दिनुभयो ।

काठमाडौंको अवस्थित यस अस्पताल टर्सरी केयर अस्पताल हो । यहाँ सम्पूर्ण उपचार सेवा उपलब्ध छ । अस्पतालमा गाईनो पिडियाटिक्स नेफ्रोलोजी ईन्डोक्राईनोलोजी कार्डियोलोजी न्यूरोलोजी एनेस्थेसीया ईमर्जेन्सी मेडिसीन लगायत ११ वटा विभागबाट उपचार सेवा सञ्चालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?