प्रधानमन्त्रीको आँखा कांग्रेस नेताको सम्पत्तिमा, छानबिनमा पर्नेवाला को-को हुन् ?

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्रीको मातहत गएपछि राजनीतिक व्यक्तिको सम्पत्तिमा निगरानी बढेको छ ।

विभागले राजनीतिक व्यक्तिहरुको सम्पतिप्रति निगरानी राख्न थालेको हो । पछिल्लोपटक कांग्रेस नेताहरु बढी निशानामा परेको घटनाक्रमले देखाएको छ ।

विभागले स्रोत नखुलेको सम्पत्ति भन्दै कांग्रेस नेता मोहनबहादुर बस्नेत र सूर्यबहादुर केसीमाथि अनुसन्धान थालेको समाचार स्रोतले जनाएको छ ।


यसअघि विभाग अर्थ मन्त्रालयअन्तर्गतको मातहत रहेको थियो । विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याइएसंगै काङ्ग्रेस नेताहरु निशानामा पर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?