आर्सनलको जितमा वायर्न स्तब्ध

appharu
0
Shares
तस्वीर: गुगल

एजेन्सी । इन्टरनेश्नल च्याम्पियन्स कपमा आर्सनलले वायर्न म्युनिखलाई पराजित गरेको छ ।

बिहिबार भएको खेलमा आर्सनलले जर्मन लिग च्याम्पियन बार्यनलाई २-१ गोल अन्तरले पराजित गरेको हो । ४९ औ मिनेटमा लुई पोजानस्कीले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।

रोबर्ट लेवान्डोस्कीले खेलको ७१ औ मिनेटमा बराबरी गोल फर्काए । खेल सकिन दुई मिनेट बाँकी छदाँ एडवर्ड निस्केयाले गोल गर्दै लण्डन क्लबलाई जित दिलाउन सफल रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?