९ वर्षमा किन तल झर्यो स्टाण्डर्ड चार्टर्डको सेयर मूल्य

काठमाडौं, १५ पुस । पछिल्लो ९ वर्षमा स्टाण्डर्ड चाटर्ड बैंकको सेयर मूल्य ९ हजार २ सयबाट ९ सय ५० रुपैयाँमा आर्लिएको छ आगामी आइतबार बैंकको शतप्रतिशत बोनस समायोजन हुँदा प्रतिकित्ता सेयर मूल्य ९ सय ५० रुपैंयामा झर्ने थियो । यो अवधिमा बैंकको सेयर मूल्य ८ हजार २ सय ५० रुपैंयाले तल झरेको हो २०६५ साल साउन ७ गते प्रतिकित्ता ७ हजार रुपैंयामा किनबेच भएको चार्टर्डको प्रतिकित्ता सेयर मूल्य सोही वर्षको असोज १९ गते ९ हजार २ सय रुपैंयामा किनबेच भएको थियो त्यस्तै, ०६६ साल साउन ३२ गते बैंकको प्रतिकित्ता सेयर ६१८६ रुपैंयामा किनबेच भएको थियो । सोही वर्ष असोज १९ गते ५४०० रुपैंयामा किनबेच भएको चार्टर्डको प्रतिकित्ता सेयर मूल्य त्यसको भोलिपल्ट अर्थात २०६६ साल असोज २० गते समायोजन पश्चात ३९६० रुपैंयामा किनबेच भएको थियो त्यस पछि ओरालो लाग्ने क्रममा सोही वर्षको कात्तिक ८ गते ३७३० रुपैंयामा किनबेच भएको चार्टर्डको प्रतिकित्ता सेयर २०६६ साल पुस १२ गते ३५५० रुपैंयामा किनबेच भएको थियो त्यस्तै, २०६७ साल जेठ १६ गते ३४०० रुपैंयामा किनबेच भएको बैंकको सेयर २०६८ साल भदौ २८ गते १३२५ रुपैंयामा किनबेच भएको थियो यस बिचमा बैंकले आर्थिक वर्ष २०६७–०६८ मा ५० प्रतिशत नगद लाभांस बितरण गरेको थियो । त्यस पछि आर्थिक वर्ष २०६८–०६९ मा बैंकले १५ प्रतिशत बोनस र ४५ प्रतिशत नगद लाभांस बितरण गरेको थियो पछिल्लो पाँच वर्ष यता चार्टर्डको प्रतिकित्ता सेयर मूल्य १६०० रुपैंयाभन्दा तल झरेको छैन । शतप्रतिशत बोनस समायोजन पछि आगामी आइतबार चार्टर्डको प्रतिकित्ता सेयर ९५० रुपैंयामा कारोबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?