फेरी बढ्यो सुनको मूल्य, कति पुग्यो ? हेर्नुहोस्

काठमाडौं । आज (बिहिबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन पप्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

सुन बुधबार ६४ हजार ५ सयमा कारोबार भएको थियो । आज ५ सयले बढेर सुन ६५ हजार कायम भएको हो ।

सुन असार २७ देखि ६४ हजार ५ सयमा कारोबार भएको महासंघले जानकारी दिएको छ । आज छापावाला सुन ६४ हजार ७ सय कायम भएको छ ।

त्यस्तै बिहिबार चाँदी प्रतितोला ७ सय ६५ कायम छ । चाँदी हिजो (बुधबार) ७ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?