साली- भिना सम्बन्धले श्रीमती हत्या प्रकरणमा आयो यस्तो ट्वीस्ट !

आईमाई मार्नुछ भन्दै भारतिय 'कन्ट्याक किलर'लाई सुपारी !

appharu
0
Shares

प्रेम भन्ने चिज साँच्चै अचम्मको हुँदो रहेछ । आफूलाई संसारको सबैभन्दा धेरै माया गर्ने श्रीमतीलाई आफ्नै श्रीमान्ले टुक्राटुक्रा पार्न सक्दारहेछन् ।


एक वर्षदेखि नातामा साली पर्ने युवतीसँगको प्रेम सम्बन्धमा परेका पोखराका एक पुरुषले श्रीमतीको हत्या गरेका छन् ।

त्यो पनि कन्ट्र्याक किलर लगाएर । दश लाख रुपैयाँ खर्चेर । साली पर्ने युवतीले आफूहरुको सम्बन्धमा श्रीमती तगारो भएको र उनलाई पन्छाउनुपर्ने किसीमको अनुरोध गरेपनि उनी श्रीमती मार्न तम्सिएका थिए । आफ्नै बहिनी पर्नेसँग आफ्नै श्रीमान्को सम्बन्ध कुन महिलाले स्विकार्न सक्छे र ? अन्तत उनीहरुको सम्बन्धमा केहि चिसोपना आएको थियो । त्यसपछि श्रीमान्श्रीमतीको सम्बन्ध केहि गडबढ भएको थियो । यो घटनामा अहिले एउटा ट्वीस्ट आएको छ ।

श्रीमतीलाई साइड लगाउने योजना त्यतिबेलैदेखि बनेको हो जतिबेला अर्थात् ४ महिना अगाडि श्रीमतीको नाममा १ करोड रुपैयाँको जीवन बिमा उनका श्रीमान्ले गरेका थिए ।

पोखराकै युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा बिमा गरेपछि बिमाबापत मोटो रकम आउने आशा गरेका उनले आफूसँग प्रेममा रहेकी र छुटिनै नसक्ने किसीमको अभिव्यक्ति दिने यूवतीको सहमती पाएर उनैसँगको सम्बन्धलाई निरन्तरता दिने उद्येश्यले केहि नजिकका साथीहरुको सहयोग लिएर भारतीय कन्ट्रयाक्ट किलरहरुको प्रयोगमा श्रीमतीको हत्या गरेको खुलाशा भएको छ ।


पोखरा महानगरपालिका १५ बस्ने रमेश नेपालीले श्रीमतीको हत्यापछि प्रहरीसँगको बयानमा भनेका छन् सालीसँगको सम्बन्ध म बिचमा छुटाउनै चाहदैनथेँ । बिमा बापत श्रीमतीको १ करोड रुपैयाँ आउँथ्यो ।

त्यसो त यस्तै प्रकृतिको घटना रौतहटमा पनि घटेको थियो । बिमाबापतको को २५ लाख रुपैयाँ चाडै लिने लोभमा आफ्नै चार वर्षिया छोरीलाइ हत्या गरी पोखरीमा शव फ्यालेको आरोपमा रौतहटको मौलापुर नगरपालिका ६ पथराबुधरामका ३९ बर्षिया रामकिशोर यादव अहिले जेल सजाय भोगिरहेका छन् । असार १६ गते राति लक्ष्मि लाइ नाक र घाँटी थिचेर हत्या गरी पोखरीमा फ्याकेको अवस्थामा उनको शव फेला परेको थियो ।


यादवले जिल्लाकै गरुडाको प्रभु लाईफ इन्सुरेन्स कम्पनीमा १९ जेठमा छोरीको नाममा २५ लाखको जीवन बिमा गराएका थिए ।


हत्या गर्ने र बीमा रकम निकाल्ने योजना अनुसार यादवले छोरीको बिमा गराएको २९ औं दिनमा हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

यस्तै योजनाबद्ध हत्याको बारेमा थाहा पाउन कास्की प्रहरीले ठ्याक्कै एक महिना लाग्यो ।


कसरी बाहिरीयो गाँठी कुरा
गत असार १ गते ।
कास्की ।
२७ वर्षीय लक्ष्मी परियार जो विवाहिता हुन्छिन्, उनी हराउँछिन् ।

कास्कीस्थित कालिकाचोकबाट हराएको सूचना सबैतिर फैलिन्छ ।

हराइरहेकी महिलाको खोजीमा सबैजना जुट्छन् । परिवार आतिन्छ ।

असार २ गते लक्ष्मीका श्रीमान् रमेश नेपालीले खोजतलास गर्न प्रहरीमा उजुरी दिन्छन् ।

लक्ष्मीले लगाएको सिक्री र उनको मोबाईल प्रहरीले घरमै फेला पार्छ

उनकी आमाले पनि असार ११ गते छोरीको खोजी गर्न प्रहरीमा उजुरी दिएकी थिइन्।


आफ्नै श्रीमतीको कर्तव्य गर्ने पुरुष आफैँ योजना बनाएर गराएर प्रहरी कार्यालयदेखि आफन्तहरुलाई समेत जानकारी दिएर श्रीमती खोजिदिन समेत आग्रह गरेका थिए ।

यतिमात्रै कहाँ नाटक सकियो र ? उनले एक स्थानीय मिडियामार्फत् आफ्नो श्रीमती खोजीदिन सबैका सामू हात जोडेर अपिल गरे । रुवाबासी गरे । कोलोहाल मच्चाए । यतिसम्म नाटक रच्नेले श्रीमतीलाई एकदमै खुट्टामा आएको घाउको औषधी आफूले पत्ता लगाइदिने भन्दै जंगल पुर्याएर चक्कुले घाँटी रेट्न दिए ।

कसरी भयो घटना ?
असार २५ गते पक्राउ परेका रमेश नेपालीले हत्या गरेको स्वीकार्दै, घटनास्थल पनि बताइदिए । घटनास्थल थियो, पोखरा महानगरपालिका वडा नं। २२ स्थित कर्कलेको जंगल ।

प्रहरी त्यहाँ पुग्दा लक्ष्मीको टाउको र शरीर छुट्टिएको थियो । उनले लगाएको कुर्ता सुरुवाल शरीरमै थियो । तर, लुगाभित्रको शरीरमा मांस भने थिएन । लक्ष्मीको कंकाल मात्र बाँकी थियो ।
नजिकै चप्पल र ब्याग भेटियो ।

कन्ट्रयाक्ट किलरलाई १० लाखको सुपारी ?

रमेश नेपालीको साली नाता पर्ने १९ वर्षीय अनु परियारले १ वर्षअघि भनेकि थिइन्, “अब दिदीलाई साइड लगाइदिनुस् ।” म तपाईलाई औधी प्रेम गर्छु ।

उनी आफू पनि प्रेम गर्ने मान्छेले भनेको वचनलाई सहर्ष स्विकारे र साथीको सहयोग लिए । मोबाइल पसल सञ्चालन गर्ने रमेशले अरु साथि पनि मोबाइल पसले नै रोजे ।

पोखराको पृथ्वीचोकमा मोबाइल पसल सञ्चालन गर्दै आएका सर्लाही इश्वरपुर–तिनघरिया स्थायी घर भएका २६ वर्षीय चित्तरञ्जन शाह र भोजपुर–५ घर भइ पोखराको महेन्द्रपुलमा मोबाइल पसल गर्ने ३२ वर्षीय संजय शर्मासँग नेपालीले एकजना आइमाइलाई मार्नुपर्यो, सहयोग चाहियो भनेका थिए ।अभियुक्तहरुका अनुसार रमेशले मानुपर्ने व्यक्ति आफ्नै श्रीमती भएको साथीहरुलाई समेत भनेका थिएनन् । उनले ‘राम्रो पैसा आउँछ’ चाहिँ भनेका थिए ।

१० लाख रुपैयाँमा काम फत्ते गर्न डिल भयो । पोखरा आएकै दिन भारतीयलाई १ लाख रुपैयाँ पेश्कीस्वरुप नेपालीले उनै शाहमार्फत १ लाख रुपैयाँ एड्भान्स बुझाए ।

काम भएको दिन ५ लाख दिने र बाँकी ४ लाख उनै शाहमार्फत बुझाईने सहमति भयो । होटेलको व्यवस्था समेत उनै शाहले गरिदिए ।

घटनाको दिन
जेठ ३१ गते नै योजना तय भइसकेको थियो । सुपारी लिएकाहरु सहित रमेश, सञ्जय र चित्तरञ्जनले हत्या गर्ने ठाउँको अघिल्लै दिन अवलोकन गरे र योजना बनाए । प्रहरी अनुसन्धानबाट खुलेअनुसार असार १ गते बिहान रमेश र सञ्जयले लेकसाइडस्थित पोखरा बाइक रेण्ट प्रालिबाट ग ११ प ८००३ नम्बरको स्कुटर भाडामा लिए ।

त्यसपछि पोखरा नयाँबजारस्थित दीपक कार डेकोरबाट ग १ च २३६३ नम्बरको कार पनि भाडामा लिए । सो कार लिएर सञ्जय शर्माले कोशी होटलमा आई चित्तरञ्जनसहित भारतीय ३ जना कन्ट्रयाक्ट किलरलाई लिएर पोखरा २२ पुम्दीभुम्दीस्थित कर्कले जंगल पुगे ।

योजनामुताविक रमेशले आफ्नी श्रीमतीको खुट्टामा केहि महिनाअघिदेखि भएको घाउ निको पार्न जडीबुटी खोज्न जंगल जाउँ भन्दै लक्ष्मीलाई स्कुटरमा हालेर कर्कले जंगल पुगे । घटनास्थल थियो, पोखरा महानगरपालिका वडा नं. २२ स्थित कर्कलेको जंगल ।


जंगलमा पुगेपछि रमेशले श्रीमतीलाई भने, मलाई पिसाब गरेर आउछु । तिमी जडिबुटी खोज्दै गर । यति भनेर उनी यसो साइड लागे ।

जडिबुटी झार खोज्दै केहि तल पुगेकी लक्ष्मीलाई योजनामुताबिक त्यहाँ लुकेर बसेका बसेका भारतीय कन्ट्रयाक्ट किलरले मुख र आँखामा सल बाँधेर चक्कुले घाँटी रेटेर हत्या गरे ।

हत्या गरेर जंगलबाट निस्केका भारतीय कन्ट्रयाक्ट किलरले सोहि दिन थप ५ लाख रुपैयाँ लिए । बाँकी ४ लाख चित्तरञ्जनमार्फत पछि लिने भन्दै भारततर्फ लागे ।


योजनाकार रमेश भने सोही दिन आफ्नी श्रीमती हराएको उजुरी बोकेर बिलौना गर्दै जिल्ला प्रहरी कार्यालय पुगे ।

उनले मिडियामा पनि दुखेसो पुगे । ११ गते लक्ष्मीकी आमाले पनि हराएकी छोरी खोज्न प्रहरीकहाँ निवेदन दिइन् ।

विभिन्न कोणबाट अनुसन्धान गरेका प्रहरीले घर परिवार आफन्त गहिरो अनुसन्धानमा लागेको प्रहरीले हत्यामा श्रीमानकै संलग्नता भएको पत्ता लगायो र रमेशलाई असार २५ गते पक्राउ गर्योन ।


अहिले रमेशसहित साह र शर्मा थुनामा छन् । हत्यामा संलग्न भारतीयहरु भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।


कन्ट्रयाक्ट किलरको भने खोजी भइरहेको छ ।


पक्राउ गरिएका चारै जनालाई बुधबार सार्वजनिक गरिएको छ ।


उनीहरुलाई मानव हत्या सम्बन्धी मुद्दा चलाइएको छ ।

घटनापछि परिवार स्तब्ध बनेको छ ।

परिवारका अनुसार मृतक असाध्यै मिजासिलो स्वभावकी थिईन् ।

एक अन्तर्वार्ताका क्रममा कमृतकका बहिनी द्धयले मृतक सहनशिल स्वभावको भएकोले गाउँमा सबैको प्यारी थिए । गाउँ त्राहिमाम बनेको छ ।


सामाजिक सञ्जालदेखि सबैतिर अहिले अर्को खालको बहस पनि बनेको छ ।

के बिमा कम्पनीहरुले जनतालाई जीवनबिमा सम्बन्धी प्रष्ट जानकारी गराइरहेका त छन् ? यो गम्भिर प्रश्न समेत उब्जिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?