मोरङमा यात्रुबस र मिनी ट्रक ठोक्कियो: एकको मृत्यु, २१ जना घाइते

काठमाडौं । मोरङमा यात्रुबाहक बस र ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार मृतकको नामथर वतन खुलेको छैन । घाइतेमध्ये सात जनाको विराटनगरस्थित नोबेल अस्पताल, ५ जनाको न्यूरो अस्पताल विराटनगर र थप ९ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

मे १ च ९३९१ नम्बरको मिनी ट्रक र मोरङको रमाइलोबाट झापातर्फ जाँदै गरेको को १ ख ८४४८ नम्बरको यात्रु बस विहीबार बिहान पथरीमा ठोक्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?