टेलिकमका प्रयोगकर्तालाई खुसीको खबर !

काठमाडाैं । नेपाल टेलिकलको स्थानीय टेलिफोन र पोष्टपेड मोबाइल फोनको मुल्य घटेको छ ।

आर्थिक विधेयक, २०७६ मा टेलिफोन जडान गर्दा ग्राहकबाट स्वामित्व शुल्क वापत ५ सय मात्र लिने व्यवस्था भएपछि नेपाल टेलिकमको स्थानीय टेलिफोन र पोष्टपेड मोबाइल पहिले भन्दा कम दरमा उपलब्ध हुने भएको हो ।

टेलिकमका ग्राहकले अब १ हजार ६ सय ३५ रुपैयाँमा स्थानीय टेलिफोन र ९ सय ४५ रुपैयाँमा पोष्टपेड मोबाइल लिन सक्नेछन् ।

यसअघि स्थानीय टेलिफोनका लागि २ हजार २ सय र पोष्टपेड मोबाइलका लागि १ हजार ५ सय १० रुपैयाँ बुझाउनु पर्थ्यो ।

स्थानीय टेलिफोनको नामसारी गर्दा लाग्ने शुल्कमा समेत ५६५ रुपैयाँ कम भएको छ । यसअघि टेलिफोन नामसारी गर्दा १२ सय ४३ रुपैयाँ शुल्क बुझाउनु पर्दथ्यो। अब ६ सय ७८ रुपैयाँ मात्र लाग्ने टेलिकमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?