आँचल कस्को प्रेममा छिन् ?

appharu
0
Shares

काठमाण्डौं । नायिका आँचल शर्माले आफ्नो इन्स्टामा एउटा फोटो राखेर डिलिट गरेपछि सामाजिक सञ्जालमा त्यसले फरक तवरले चर्चा पाएको छ ।

आँचल शर्मा र पल शाहको सम्बन्धको चर्चा धेरै हुनेगरेको छ । तर पूजा शर्मासंग फिल्म खेल्न थालेपछि पल–पुजाको सम्बन्धको चर्चा चल्न थाल्यो । सेलिब्रिटीको प्रेममा तेस्रो कोहि आएपछि ब्रेकअप हुन्छ भन्ने गरिन्छ ।

अहिले आँचलको जीवनमा अर्को कोही आएको सामाजिक सञ्जालमा हल्ला छ । र, यो हल्लालाई आँचल आफैले सही साबित गरेको अड्कलबाजी गर्नेहरुपनि छन् । उन्ले आफ्नो इन्स्टामा एक युवकको फोटो राखिन् । यी फोटोमा भएका व्यक्ति थिए, अभिनेत्री तथा भलिबल खेलाडी सिपोरा गुरुङका पूर्वप्रेमी, उदीप श्रेष्ठ ।

यिनै उदीपलाई आँचलले आफ्नो ‘बेस्टेस्ट फ्रेन्ड’का रूपमा इन्स्टामा परिचित गराएकी थिइन् । मिल्ने साथीलाई ‘बेस्ट फ्रेन्ड’ भन्दा पनि पुगिहाल्थ्यो तर ‘बेस्टेस्ट’ लेखेर आँचलले उदीपसँगको सम्बन्धको पुष्टि गरिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?