ऋतिकको ‘सुपर ३०’ ले ग-यो ५ दिनमै ६४ करोडको व्यापार

appharu
0
Shares

एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशनको चलचित्र ‘सुपर ३०’ ले ५ दिनमै ६४.०७ करोडको व्यापार गरेको छ ।

गएको शुक्रबारदेखि प्रदर्शनमा आएको ‘सुपर ३०’ ले दर्शकबाट प्रतिक्रिया पनि राम्रो नै पाइरहेको छ । पहिलो दिन शुक्रबार ११.८३ करोडको व्यापार गरेको ‘सुपर ३०’ले दास्रो दिन शनिबार १८.१९, तेस्रो दिन आइतबार २०.७४, चौथो दिन सोमबार ६.९२ र पाँचौ दिन मंगलबार ६.३९ करोडसहित कुल ६४.०७ को व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले सामाजिक सञ्जाल ट्वीट गरेको जानकारी दिएका छन् ।

चलचित्र बिहारका गणितज्ञ आनन्द कुमारको जिवनमा आधारीत छ । ऋतिक रोशन आनन्द कुमारको भुमिकामा देखिएका छन् । चलचित्रमा ऋतिकसंगै मृणाल ठाकुर, पंकज त्रिपाठी, वीरेन्द्र सक्सेना र आदित्य श्रीवास्तवको मुख्य भुमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?