ओठलाई कसरी आकर्षण बनाउने

एजेन्सी । महिलाको सौन्दर्यमा ओठको ठूलो भूमिका हुन्छ । अनुहारको अरू भागमा जस्तै ओठमा पनि पर्याप्त ध्यान दिनुपर्छ । फुटेको, छाला निस्केको र कालो भएको ओठले तपाईंको सौन्दर्यप्रति उदासीनतालाई जनाउँछन् । पहिले महिलाले ओठमा प्राकृतिक आकारमै सन्तोष गर्नुपथ्र्यो । तर, आजभोलि लिपलाइनरको सहायताले आफूले चाहेको जस्तो ठूलो वा सानो ओठ देखाउन सकिन्छ मोटो ओठ भएकाले ओठको भित्रबाट लिपलाइनरका सहायताले आकार दिनुपर्छ । पातलो ओठ भएका महिलाले बाहिरबाट लिपलाइनरले हल्का सेप दिनुपर्छ । सानो ओठ हुनेले ओठको कुना–कुनाबाट ओठको सेप दिनुपर्छ । त्यस्तै, माथिल्लो ओठ पातलो भएका महिलाले तलको ओठलाई सेप नदिई लिपलाइनरले माथिल्लोलाई ओठको आकारभन्दा हल्का बाहिरबाट सेप दिनुपर्छ । तलको भन्दा माथिल्लो ओठ ठूलो भएकाले तलको ओठलाई मात्र ध्यान दिनुपर्छ । तलको ओठको हल्का लम्बाइ र चौडाइ बढाउनुपर्छ यसरी लिपलाइनरको सहायताले आफ्नो ओठका प्राकृतिक सेपलाई सही रूप दिन सकिन्छ । यति गरिसकेपछि ब्रसको सहायताले भित्रबाट लिपस्टिक लगाउनुपर्छ । लिपस्टिकमा रङको छनौट गर्दा लगाउने पहिरनमा पनि ध्यान दिनुपर्छ । साथै, अनुहारको रङलाई पनि बिर्सनुहुँदैन । छालाको रङलाई पनि ध्यानमा राखी लिपस्टिकको रङको चयन गर्नुपर्छ । दिउँसो हल्का रङको लिपस्टिकको प्रयोग गर्नुपर्छ भने साँझ गाढा रङको लिपस्टिकको प्रयोग गर्दा राम्रो हुन्छ एकपटक लिपस्टिक लगाइसकेपछि त्यसको माथि फेरि लिपस्टिक थप्नुहुँदैन । ओठलाई सफा गरेर पूर्ण रूपमा नयाँ लिपस्टिक लगाउनु राम्रो हो । यसले अनुहारलाई फ्रेस देखाउन मद्दत गर्छ । थाकेको बेला धेरै गाढा रङको लिपस्टिक प्रयोग गर्नुहुँदैन । तपाईं यस्तो बेलामा रातो रङको लिपस्टिक प्रयोग गर्नु चाहनुहुन्छ भने लिपस्टिक लगाइसकेपछि त्यसमाथि हल्का कम्प्याक्ट पाउडर लगाउनुपर्छ । यसले लिपस्टिकको गाढा रङलाई हल्का देखाइदिन्छ । दाँत पहेँला भएका महिलाले हल्का रङको लिपस्टिकको प्रयोग गर्दा दाँत झनै पहेँला देखिन्छन् । त्यसैले यस्ता महिलाले सकेसम्म हल्का रङको लिपस्टिक प्रयोग गर्नुहुँदैन अनुहारमा दागधब्बा वा डन्डीफोरका दाग छन् भने गाढा रङको लिपस्टिक लगाउँदा राम्रो हुन्छ । हल्का रङका लिपस्टिक लगाउँदा अनुहारका दागधब्बा लिपस्टिकभन्दा गाढा देखिन्छन् ओठ सुक्खा हुने समस्या छ भने महको लेप लगाएर १५ देखि २० मिनेटसम्म राख्नुपर्छ र पछि ओठ सफा गरी धुनुपर्छ । ओठ फुटेका बेलामा त्यसलाई निको पार्न र आकर्षक बनाउन एक चम्चा महमा केही थोपा गुलाबजल र त्यसमा केसरको धुलो मिसाएर बनाइएको लेप लगाउनुपर्छ । चुरोट पिउनेहरूको ओठ कालो हुँदै जान्छ । काँचो दूधमा केसर भिजाएर दिनहुँ ओठमा लगाउँदा फाइदा हुन्छ । लिपस्टिक लगाउँदा ढक्कन खोल्नेरबन्द गर्ने गरिन्छ । यसो गरिरहँदा हावाले लिपस्टिक बिग्रिन्छ । छ महिनाभन्दा बढी कुनै पनि लिपस्टिक प्रयोग गर्नुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?