बूढो हुँदा कस्तो देखिन्छु भन्ने छ ? फेस एप चलाउनुस्

appharu
0
Shares

एजेन्सी । अहिले सामाजिक सञ्जालमा अनुहारलाई बूढो बनाएर अपलोड गर्नेहरुको संख्या एक्कासी बढेको छ ।

नयाँ ट्रेण्डको रुपमा आएको यसले सामाजिक सञ्जालमा नयाँ तरंग ल्याईदिएको छ । फेसएप नामक मोबाइल एप्लिकेशनको माध्यमबाट तस्बीर सम्पादन गरी अनुहारलाई बूढो बनाएर मानिसहरुले सामाजिक सञ्जालमा फोटो अपलोड गर्दै आएका छन् । यसमा सामान्य मानिसहरुमात्र नभएर विभिन्न सेलिब्रेटीहरु पनि छन् ।

फेसएप नामक एप्लिकेशन एप्पलको आइओएस र गुगलको एण्ड्रोइड दुबै भर्सनमा उपलब्ध छ । यसको विकास रुसको वायरलेस ल्याब नामक कम्पनीले गरेको हो । सन् २०१७ मा सार्वजनिक गरिएको यो एप्लिकेशन न्युरल नेटवर्क प्रविधिमा आधारित रहेको निर्माण कम्पनीले दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?