अभिनेता संजय दत्त भन्छन् हिरोइनसँग रोमान्स गर्ने दिन गए

appharu
0
Shares

एजेन्सी । बलिउड अभिनेता संजय दत्तको होम प्रोडक्सनमा निर्माण रहेको पहिलो मराठी सिनेमा ’बाबा’को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलर सार्वजनिक समारोहमा अभिनेता दत्तले हिरोइनसँग नाच्ने आफ्नो उमेर गएको बताएका छन् । उनले भने ’चढ्दो उमेरले गर्दा अबदेखि म हिरोइनसँग रूख वरीपरी घुमेर नाच्न सक्दिन तर निश्चित रूपमा राम्रो भूमिकामा अभिनय भने गर्नसक्छु ।’

’हलिउडमा मेल गिब्सन या डेन्जकल वासिङ्टनले गरिरहेको जस्तो भूमिकामा अभिनय गर्छु । दत्तले भने ।

उनले आफ्नी आमा नरगिस मराठी भएकाले सिनेमा निर्माणको काम मराठी सिनेमाबाट सुरू गरेको बताए । त्यसैगरी बाबु सुनिल दत्तको सम्झना गर्दै जोकसैको जीवनमा पनि बाबुको भूमिका धेरै ठूलो हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?