‘चलचित्र क्षेत्रका समस्याप्रति गम्भिर छु’ : मन्त्री बाँस्कोटा

appharu
0
Shares

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई भेटेर चलचित्रकर्मीहरुले यस क्षेत्रको समस्या र भावी चलचित्र नीति निर्माणका लागि सुझाव दिएका छन् ।

उनीहरुले ‘राष्ट्रिय चलचित्र नीतिको परिमार्जन’, बक्स अफिस प्रणाली, नेपाली चलचित्रलाई राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय बजार विस्तार तथा प्रवद्र्धन, सेन्सर बोर्ड, देशभित्रै चलचित्रको बिस्तार र प्रवद्र्धन लगायतका विषयमा सञ्चारमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

भेटमा मन्त्री बाँस्कोटाले आफू चलचित्र क्षेत्रको समस्या समाधानका लागि गम्भिर रहेको बताउँदै चाडै नै वृहत्त भेला गराउन आग्रह गरे ।

संचारमन्त्री बाँस्कोटासँगको भेटघाटमा निर्माता तथा कलाकार दीपकराज गिरी, निर्माता रविन्द्र सिंह बाँनिया, वितरक प्रचण्डमान श्रेष्ठ, लेखक सामिप्याराज तिमिल्सिना, निर्देशक प्रदिप भट्टराई, निर्देशक हेमराज वीसी, चलचित्र निर्माता श्रीधर पौडेल सिंहदरबार पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?