इतिहाद एयरलाइन्सद्वारा नेपालमा पोषण शिक्षा कार्यक्रम सञ्चालन

appharu
0
Shares

काठमाडौं– इतिहाद एयरलाइन्सले अजिजिया मदरसा (अनाथालय)का विद्यार्थीहरुलाई कम लागतमा कसरी स्वस्थ्य र स्वादिलो खानेकुरा तयार गर्ने भन्नेबारे ज्ञान प्रदान गरेको छ ।

इतिहाद एयरलाइन्सका इनफ्लाइट सेफ सन्जय ठाकुरले विद्यार्थीहरुलाई स्वास्थ्य खानेकुरा खाँदाको फाइदाबारे जानकारी दिँदै कसरी कम लागतमा स्वादिलो र स्वस्थ खानेकुरा पकाउने भन्नेबारे जानकारी गराएका थिए ।

७० अनाथ विद्यार्थी रहेको सो मदरसामा सेफ ठाकुरले स्थानीय स्तरमा पाइने सिस्नु र जंगली सागका साथै विभिन्न अरु परिकार कसरी तयार गर्ने भन्नेबारे जानकारी गराउँदै त्यसको महत्व र पोषणबारे पनि जानकारी गराएका थिए ।

सो क्रममा मदरसाका कर्मचारीलाई पनि पोषिलो खानेकुरा तयार गर्ने तयारी र खानेकुराको चयनबारे शिक्षा प्रदान गरिएको थियो ।

नेपालका लागि युएईका राजदूत सइद हमदान अल नेकुई समेतको सहभागिता रहेको सो अवसरमा इतिहाद एयरवेजको तर्फबाट १० वटा डबल बेड सहयोग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?