काठमाडौं, १५ पुस । नेपाली कांग्रेसका पूर्व सांसदहरुले नेतृत्वमा पुगेकाहरुमा उपभोक्तावादी चरित्र हावी हुँदै गएका कारण पार्टीले पराजय भोग्नुपरेको बताएका छन् शनिबार सिंहदरबारमा भेलामा सहभागीले पार्टी भित्र लोकतान्त्रिक संस्कृति भन्दा उपभोक्तावादी संस्कृति हावी भएकाले निर्वाचनमा नराम्रो संग पराजय व्यहोर्नुपरेको बताए जसरी पनि पद प्राप्ती गर्ने, सत्तामा पुग्ने, सम्पत्ति आर्जन गर्ने र माथि पुगेपछि आफ्नालाई मात्रै स्थापित गर्दै लैजाने चरित्र पार्टीमा स्थापित हुदै गएमा पार्टी नै ध्वस्त हुने भन्दै उनीहरुले नेतृत्वको ध्यानाकर्षण गराए र आदर्श गौण बन्दै गईरहेका बेला निर्वाचन केन्द्रीत पार्टी रणनिति पनि असफल भएको उनीहरुको टिप्पणी थियो । जनजीविका र जनसुविधाका व्यवहारिक नारा बनाउनुपर्नेमा सैद्धान्तिक नारा मात्रै बनाएकाले जनताले पार्टीको कार्यशैली र नारालाई नै नरुचाएको दाबी पूर्व सांसद होमराज दाहालले गरे ।