बाढीको क्षतिबारे बुझ्न शीर्ष नेताहरु तराईमा, कांग्रेस सभापति सरकारप्रति आक्रोशित !

appharu
0
Shares


केहि दिन अघिदेखि अविरल परेको वर्षाका कारण तराईका विभिन्न स्थानमा बाढीले पुर्याएको क्षतिबारे बुझ्न काठमाडौंबाट शीर्ष नेताहरु तराईका विभिन्न जिल्ला पुगेका छन् ।

दिउँसो पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसहित उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, सिँचाइ मन्त्री वर्षमान पुन, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, संसदको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्का, सांसद प्रभु साह तराईका विभिन्न जिल्ला पुगेका थिए । त्यसक्रममा उनीहरुले बाढीले पुर्‍याएको क्षतिबारे जानकारी लिएका थिए ।


अवलोकनपछि बाढीले क्षति पुर्‍याएका व्यक्तिको उद्धार र परिवारलाई राहतको विषयमा छलफल भएको छ ।

यसैबिच बाढी पीडितहरुको अवस्था बुझ्न रौतहट पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारप्रति आक्रोश पोखेका छन् ।

उपसभापति विमलेन्द्र निधि र रौतहटका सांसद मोहम्मद अफ्ताब आलमलाई लिएर रौतहट पुगेका देउवाले बाढी प्रभावित गढिमाई नगरपालिकाको लक्ष्मीपुर, धनारी, दुर्गा भगवती गाउँपालिकाको वडा नम्बर १, २, र ५ तथा सदरमुकाम गौरको स्थलगत निरीक्षण गरी यस्तो अवस्थामा समेत सरकार जनताप्रति संवेदशील नभएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?